नेपाल लाइफका २५ अभिकर्ता सम्मानित

काठमाडौं । नेपाल लाइफले उत्कृष्ट कारोबार गर्ने २५ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले उत्कृष्ट व्यवसाय गर्ने २५ जना अभिकर्तालाई सम्मान गरेका हुन् ।
कार्यक्रमलाई सीईओ पराजुलीले उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुलाई बधाई दिँदै आगामी दिनमा अभ, राम्रो व्यवसाय गर्न प्रेरित गरेका थिए ।

सोही अवसरमा एजेन्सी सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । नेपाल लाइफका सिनियर एजेन्सी म्यानेनजर विमल कुमार ढुंगानाको आयोजनामा २ सय जना एजेन्सी म्यानेनजर र अभिकर्ताहरुको उपस्थितिमा सम्मान तथा उत्प्रेरणा कार्यक्रम भएको हो ।

कार्यक्रममा आर्थिक वर्ष २०७८÷७९ मा कार्यक्रममा उपस्थित रहेका उत्कृष्ट एजेन्सी र अभिकर्ताहरुलाई कम्पनीका कम्पनी सचिव विनोद भुजेल, रिर्जनल म्यानेनजर प्रकाश धिताल र कम्पनीका तालिम केन्द्रका प्रमुख रोजेश खनालले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स