काठमाडौं । नेपाल रि इन्स्योरेन्सले रेट्रो सेशनको लागि ब्रोकर कम्पनीको नामावली सार्वजनिक गरेको छ । नेपाल पूनर्बीमा कम्पनीले आफ्नो जोखिमभारलाई अन्य पूनर्बीमकमा हस्तान्तरण गर्नको लागि नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा दलालहरूको नाम सार्वजनिक गरेको हो ।
नेपाल रि इन्स्योरेन्सले सार्वजनिक आर्थिक वर्ष २०७९८० का पुनर्बीमा दलाली छनोट गरी सूचीकृत कम्पनीहरुको नामावाली सार्वजनिक गरेको हो । कम्पनाीले छनोट गरेका १९ पुनर्बीमा दलाली मध्य अधिकांश भारतीय पूनर्बीमा दलाल कम्पनी रहेको कम्पनीले जनाएको छ । नेपाल रिको जोखिम बहन गर्नको लागि भारतका दुबई, मरिसस, बहराईन, इण्डोनेशिया, सिंगापुरको पूनर्बीमा दलाल कम्पनी रहेका छन् ।
कम्पनीले प्राप्त गर्ने व्यवसायको आधारमा दलाल कम्पनीबाट जोखिम बाँडफाँटको सम्झौता गर्नेछ । पुनर्बीमा कम्पनीहरूले ठूलो जोखिमको आर्थिक भार बहनको लागि संयुक्त कोषमार्फत् जोखिम बाँडफाँट गर्ने अवधारणालाई रेट्रोसेशन भनिन्छ ।
/[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/09/retro-booking.pdf”]