काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७७/०७८ मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो ।
कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कायम चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ गरी कुल १५.७८९५ लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीहरुमा वितरण हुनेछ ।