काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत हुन आउने ६० करोड ५२ लाख ७३ हजार ७२३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशतले हुन आउने ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँबराबरको नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रहेको छ ।