लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र नारायणी सामुदायिक अस्पतालबीच सम्झौता भएको छ । इन्स्योरेन्सका बीमितहरुले नारायणी अस्पतालमा सुविधा पाउने सम्बन्धी दुईपक्षबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात् लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. बाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नेछन् ।

यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स