काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री खुला गरेको छ । संस्थाले आज भदौ २४ गतेबाट ६२ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै बोलपत्र पेस गर्न पाउनेछन्। कम्पनीले लिलामीमा राखेको उक्त सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ। यसको मतलब बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १०० र अधिकतममा १०ले भाग जारी गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लघुवित्तको उक्त सेयरमा एनआईबिएल एस क्यापिटल, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र आगामी असोज २७ गतेसम्म पेस गर्न सकिनेछ।