काठमाडौं । साउन महिनामाा देशमा सञ्चालित १९ वटा निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४७ लाख बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरूले २ लाख २१ हजार ६ सय ४२ बीमालेख जारी गरेर सो व्यवसाय गरेका हुन् । गत वर्षको साउन महिनामा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । बीमा कम्पनीहरूले हाल गरेको व्यवसाय साउन २०७८ को भन्दा १ अर्ब २२ करोड रुपैयाँले बढी हो ।
साउन महिनामा बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले वर्षौदेखि व्यवसायमा अग्र स्थानमा रहेको शिखर इन्स्योरेन्सलाई पछि पारेर सबैभन्दा बढी व्यवसाय गर्न सफल भएको हो । निर्जीवन बीमा कम्पनीहरूले आर्जन गरेको सो बीमा शुल्कवापत विमितलाई तिर्नुपर्ने विमांकीय रकम भने १५ खर्ब ८९ अर्ब रहेको छ ।
साउन महिनामा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी व्यवसाय गरेको छ भने बढी व्यवसाय गर्ने दोस्रो कम्पनीका शिरख इन्स्योरेन्स रहेको छ भने बढी व्यवसाय गर्ने इन्स्योरेन्स कम्पनीको तेस्रो सूचीमा भर्खरै मर्जर गएको कम्पनी हिमालयन एभरेष्ट परेको छ ।
साउन महिनामा राष्ट्रिय बीमा कम्पनीले ८४ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने शिखर इन्स्योरेन्स कम्पनीले ३५ करोड ५२ लाख रुपैयाँको व्यवसाय गरेका छन् । हिमालय एभरेष्ट इन्स्योरेन्सले ३३ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
बीमा कम्पनीले ३ हजार ११२ वटा बीमा लेख जारी गरेर ३ खर्ब २ अर्ब विमांकीय रकम भुक्तान गर्ने प्रतिवद्धता सहित सो व्यवसाय गरेको हो । यो अवधिमा शिखर इन्स्योरेन्सले २० हजार ९१७ बीमालेख जारी गरेर ८५ अर्ब ३६ करोड बीमांकीय रकम भुक्तान गर्ने प्रतिवद्धता गरेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५२ अर्ब बीमांकीय रकम तिर्ने शर्तमा १८ हजार ७१३ बीमालेख जारी गरेको छ । सगरमाथा इन्स्योरेन्सले १८ हजार ६ सय ३५ वटा बीमालेख जारी गरेर ३२ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी १ खर्ब ३ अर्ब रुपैयाँ बीमांकीय रकम भुक्तान गर्ने प्रतिवद्धता गरेको छ ।
साउन महिनामा सिद्धार्थ इन्स्योरेन्सले ३० करोड ६२ लाख, नेको इन्स्योरेन्सले २७ करोड १० लाख, एनएलजी इन्स्योरेन्सले २३ करोड ४ लाख, नेपाल इन्स्योरेन्सले १६ करोड ६४ लाख, दि ओरिएन्टलले १९ करोड ५८ लाख, नेशनल इन्स्योरेन्सले १७ करोड ४८ लाख, प्रिमियर इन्स्योरेन्सले २१ करोड २५ लाख, युनाइटेड इन्स्योरेन्सले १० करोड ४० लाख रुपेयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
त्यसरी नै प्रभु इन्स्योरेन्सले १० करोड ३४ लाख, आईएमई जनरल १५ करोड ६७ लाख, प्रुडेन्सियलले १३ करोड ६५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सल १७ करोड ३४ लाख, जनरल इन्स्योरेन्सले १२ करोड २५ लाख, अजोड इन्स्योरेन्सले १६ करोड १४ लाख, सानिमा जनरल इन्स्योरेन्स १० करोड ३५ लाख रुपैया बीमा शुल्क आर्जन गरेका छन् ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/09/monthly-Nonlife-insurance-business_Shrawan2079-1.pdf”]