जीवन बीमा कम्पनीले साउन महिनामा गरे १५ अर्बभन्दा बढीको व्यवसाय (सूचीसहित)

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क कमाएका छन् । साउन महिनामा बीमा कम्पनीहरूले कमाएको बीमामध्य १२ अर्ब ८५ करोड नवीकरण बीमाशुल्क हो भने २ अर्ब २० करोड रुपैयाँ प्रथम बीमा शुल्क हो ।

बीमा समितिले प्रकाशन गरेको साउन महिनाको तथ्यांक अनुसारनेपाल लाइफ इन्स्योरेन्सले साउन महिनामा पनि सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । साउन महिनामा कम्पनीले १ अर्ब ६१ करोड ५५ लाख बीमा शुल्क आर्जन गरेको छ । सो शुल्कमध्य १ अर्ब ३१ लाख नवीकरण शुल्क हो भने २९ करोड ८८ लाख रुपैयाँ प्रथम बीमा शुल्क हो ।

बढी बीमा शुल्क आर्जन गर्ने दोस्रोमा एलआईसी नेपाल रहेको छ । कम्पनीले यस १ अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सो शुल्कमध्य १ अर्ब ७७ करोड नवीकरण शुल्क हो भने ११ करोड ३१ लाख रुपैयाँ प्रथम बीमा शुल्क हो ।
तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस १ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा १ अर्ब ३१ करोड रुपैयाँ नवीकरण शुल्क हो । कम्पनीले यो अवधिमा २९ करोड ८८ लाख रुपैयाँ प्रथम शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफलले आर्जन गरेको छ । साउन महिनामा महालक्ष्मी लाइफले यो अवधिमा १६ करोड ४६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने थोरै शुल्क आर्जन गर्ने दोस्रो स्थानमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । कम्पनी सो अवधिमा २३ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेको छ । साउन महिनामा सानिमा लाइफ इस्योरेन्सले १८ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

साउन महिनाम राष्ट्रिय बीमा संस्थान ५० करोड २०, मेट लाइफले ४८ करोड ३२ लाख, एशियन लाइफले ७० करोड ६९ लाख, गुराँस लाइफ इन्स्यारेन्सले ४० करोड ३७ लाख, सूर्या लाइफ ५४ करोड ७ लाख, प्राइम लाइफ ४६ करोड २३ लाख बीमा शुल्क आर्जन गरेको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ३८ करोड २३ लाख, युनियन लाइफ इन्स्योरेन्सले ८० करोड ३८ लाख, ज्योति लाइफले ४० करोड ३८ लाख, सन नेपाल लाइफले ३९ करोड ४२ लाख, रिलाइन्स लाइफले ३० करोड १५ लाख, रिलायबल नेपाल लाइफले २९ करोड २१ लाख, सिटिजन लाइफ ५१ करोड ९७ बीमा शुल्क आर्जन गरेको छ ।

यो अवधिमा रिलायबल नेपाल लाइफले १८ करोड रुपैयाँ, सानिमा लाइफले १४ करोड रुपैयाँ र महालक्ष्मी लाइफले १२ करोड रुपैयाँ नवीकरण बीमाशु्ल्क आर्जन गर्न सफल भएका छन् ।

युनियन लाइफले ६९ करोड रुपैयाँ, एशियन लाइफले ६० करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ४५ करोड रुपैयाँ, सूर्या लाइफले ४१ करोड रुपैयाँ, प्राईम लाइफले ४० करोड रुपैयाँ, सिटिजन लाइफले ३९ करोड रुपैयाँ र गुराँस लाइफले ३८ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, मेट लाइफले ३७ करोड रुपैयाँ, आइएमई लाइफले ३१ करोड रुपैयाँ, ज्योति लाइफले २७ करोड रुपैयाँ, सन नेपाल लाइफले २१ करोड रुपैयाँ नवीकरण शुल्क आर्जन गरेका छन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/09/monthly-Life-insurance-business_Shrawan2079.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स