काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
सोमबार कम्पनीको ९.५ प्रतिशतले हुन आउने ११ लाख ३८ हजार ९ सय ४५.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।