सहज हुँदै बैंक, सातामै बढ्यो ११ अर्बले निक्षेप, कर्जामा भने अझै सुस्तता

काठमाडौं । वाणिज्य बैंकहरूमा भदौ १० गतेदेखि १७ गतेसम्मको सात दिनको अवधिमा ११ अर्ब रुपैयाँ निक्षेप बढेको छ । भदौ १० गतेसम्म वाणिज्य बैंकहरूमा कुल ४४ खर्ब २६ निक्षेप संकलन गएको थियो । भदौ १७ गतेसम्म आइपूदा ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक तथ्याकअनुसार यो अवधिमा वाणिज्य बैंकहरूले १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ १० गतेसम्म वाणिज्य बैंकहरूले कुल ४१ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । भदौ १७ गतेसम्म ४१ खर्ब ८१ अर्ब कर्जा प्रवाह भएको छ ।

गत साउन मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४४ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यसलाई निक्षेप तथा कर्जाको आधार मान्ने हो भने भदौ १७ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरूले ४ अर्ब निक्षेप संकलन गरेर ४ अर्ब रुपैयाँ नै कर्जा प्रवाह गरेका छन् ।

भदौ १७ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औषतमा ८८.२५ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स