काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७७/०७८ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले आव २०७७/०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा समितिबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो । बीमा समितिले यही भदौ १५ गते स्वीकृत गरेको बोनस दर कम्पनीले आज सार्वजनिक गरेको हो ।
कम्पनीले आज सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले अधिकतम प्रतिवर्ष प्रति हजार ८२ रुपैयाँसम्म बोनस पाउनेछन् ।
१.सावधिक जीवन बीमालेख (सुरक्षित जीवन बीमा, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी बाल शिक्षा योजना र जीवन लक्ष्मी)
कम्पनीले यस बीमा योजनामा २० वर्ष अवधिसम्मको लागि समान प्रति हजार ६० रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै, २१ देखि २५ वर्ष अवधीका लागि ७० रुपैयाँ र २६ वर्षदेखि माथिका लागि प्रति हजार ८२ रुपैयाँ बोनस निर्धारण गरेको छ ।
२. सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा)
कम्पनीले यस बीमा योजनामा न्युनतम ६५ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ । जसअनुसार १० वर्ष अवधीसम्मका, ११ देखि १५ वर्ष र १६ देखि २० वर्ष अवधीका लागि प्रति हजार ६५ रुपैयाँ, २१ देखि २५ वर्ष अवधीका लागि प्रति हजार ७२ रुपैयाँ र २६ देखि ३० वर्ष र ३० वर्षभन्दा माथिका लागि प्रतिहजार ८२ रुपैयाँ बोनस निर्धारण गरेको छ ।
३. सावधिक तथा आजिवन बीमा लेख (जीवन साहारा)
यस बीमालेख अन्तर्गत १० वर्ष अवधीसम्म, ११ देखि १५ र १६ देखि २० वर्ष अवधीका लागि प्रतिहजार ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधीका लागि ७० रुपैयाँ र सो भन्दा माथिका लागि ८२ रुपैयाँ बोनस निर्धारण गरेको छ ।
४. अग्रिम भुक्तानी सावधिक बीमालेख (जीवन सम्बृद्वि)
यस योजनामा १५ वर्षेका लागि प्रति हजार ५६ रुपैयाँ र २० वर्ष अवधीका लागि प्रतिहजार ५८ रुपैयाँ बोनस निर्धारण गरेको छ ।
५. अग्रिम भुक्तानी सम्बन्धी बीमालेख
यस बीमालेख अन्तर्गत धनवर्ष–१५, धनवर्षा २०, नौलो जीवन समृद्धि, जीवन शान्ति, जीवन उन्नती, सदाबहार जीवन लगायतका बीमा पोलिसीहरुमा समान प्रति हजार ६० रुपैयाँ बोनस निर्धारण गरेको छ ।
६. अन्य (जीवन सारथी)
यस बीमा अन्तर्गत १० वर्ष अवधी, ११ देखि १५ र १६ देखि २० वर्ष अवधीका लागि प्रतिहजार समान ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधीका लागि ७० रुपैयाँ र सो भन्दा माथिका लागि प्रति हजार ८२ रुपैयाँ बोनस निर्धारण गरेको छ ।