काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी)ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सोमबार कम्पनी सञ्चालक समितिको बसेको बैठकले बीमा समितिले तोकेको ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत हकप्रद अर्थात् १ः०.८८४५ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद जारी गर्ने निर्णय गरेको हो।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपश्चात मात्र लागू हुने छ।