रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७५ रुपैयाँसम्म पाउने

काठमाडौं । रिलायबल नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुका लागि आर्थिक वर्ष २०७७/०७८ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले आव २०७७/०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा समितिबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले आज सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले अधिकतम् प्रतिवर्ष प्रति हजार ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

रिलायबल नेपाल लाइफले गत आर्थिक वर्षको तुलनामा यस वर्ष बोनसदर बढाएर सार्वजनिक गरेको छ।

रिलायबल सावधिक जीवन बीमा योजना
कम्पनीले यस बीमा योजनामा न्युनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।

लघु सावधिक जीवन बीमा योजना
लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

रिलायबल सजिलो जीवन बीमा योजना (एकल तथा सिमित अवधि भुक्तानी)
रिलायबल सजिलो जीवन बीमा योजना (एकल तथा सिमित अवधि भुक्तानी) को हकमा कम्पनीले सबै बीमा अवधिको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

रिलायबल सुलभ जीवन बीमालेख
रिलायबल सुलभ जीवन बीमा योजनाको हकमा पाँच देखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ बोनसदर कायम भएको छ ।

रिलायबल उच्च शिक्षा योजना (बाल बच्चाको सावाधिक बीमालेख)
रिलायबल उच्च शिक्षा योजना (बाल बच्चाको सावाधिक बीमालेख) को हकमा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ ।

सावाधिक तथा आजीवन बीमा योजना
सावाधिक तथा आजीवन बीमा योजनाको हकमा कम्पनीले पाँच देखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ५० रुपैयाँ बोनसदर कायम भएको छ ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना
रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/08/reliable-nepal-bonus.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स