चुनावलाई पैसा जोह गर्ने सेटिङ मिलाएर बीमा समितिले ल्यायो लघु बीमा सञ्चालन सम्बन्धी निर्देशिका

काठमाडौं । चुनावलाई पैसा जोह सेटिङ मिलाएर बीमा समितिले लघु बीमा कम्पनी सञ्चालन सम्बन्धी निर्देशिका ल्याएको छ । बीमा समितिले चुक्ता पुँजीको ३० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने गरी लघुबीमा कम्पनी संस्थापना तथा दर्ता सम्बन्धि निर्देशिका २०७९ जारी गरेको छ । समितिले बीमा ऐन २०४९ को दफा ८ को खण्ड ‘घ’ २ को अधिकार प्रयोग गरी निर्देशिका जारी गरेको हो ।

समितिले निर्देशिका जारी गरेसँगै लघु बीमा कम्पनी स्थापनाको लागि बाटो खुलेको छ । पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता हुनुपर्ने कम्पनीले चुक्ता पुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्नु पर्नेछ ।
संस्थापकको पनि ५१ प्रतिशत सेयर हुनु पर्ने निर्देशिकामा उल्लेख छ । लघु बीमा कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं उपत्यका बाहिर हुनु पर्ने पनि निर्देशिकामा उल्लेख छ । लाइसेन्स पाउने नयाँ लघुबीमा कम्पनीहरूको चुक्ता पुँजी ७५ करोड कायम गर्ने भएको छ ।

समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल प्रधानमन्त्री पत्नी आरजु राणासँग सेटिङ गरेर माफिलाई नयाँ बीमा कम्पनीहरूको लाइसेन्स दिन प्रक्रिया अघि बढाएका हुन् । तर, आफ्नै मन्त्रालय मातहत रहेको बीमा समितिको घुस काण्ड रोक्न नसक्दा अर्थमन्त्री माथि नै गम्भिर आक्षेपहरू लाग्न पुगेको छ ।

माफियाको चेन अफ कमाण्डमा घुसपैठ गरेर घुस सेटिङका आधारमा काम गर्ने अनि अर्थमन्त्री जनार्दन शर्मा त्यसको साक्षी बस्ने कार्य अर्थमन्त्रीको लागि भोलिका दिनमा ठूलो चुनौती हुन सक्छ ।

यसअघि पनि प्रधानमन्त्री पत्नी आरजुु राणालाई बीमा समितिकिा अध्यक्ष सूर्य प्रसाद सिलवालसँग मिलेर हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई बीमाको कोर सिद्धान्त विपरितको निर्णय गर्न लगाएर साढे ६ अर्ब रुपैयाँ घुस सेटिङ गराएकी आरोप लागेको छ । सो सेटिङको दोष पनि अर्थमन्त्री शर्मा माथि लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स