नेशनल लाइफमा बीमा गर्नेले पाउने भए सर्वाधिक बोनस, यस्तो छ कम्पनीको बोनसदर

काठमाडौं । नेशनल लाइफ इन्स्योन्स कम्पनीले आव २०७७/०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको छ । बीमा समितिबाट कम्पनीले वित्तीय विवरणका साथै बोनसदर समेत स्वीकृत गराएको हो । सोही आधारमा कम्पनीले उक्त आवको नयाँ बोनसदर सार्वजनि गरेको हो ।

कम्पनीले घोषणा गरेको बोनस दर अनुसार हालसम्मकै सबैभन्दा बढि ८५ रुपैयाँ प्रतिहजार प्रतिवर्ष दिने व्यवस्था भएको छ । कम्पनीले सार्वजनिक नयाँ बोनसदर अनुसार सबै बीमितिले अधिकतम ८५ रुपैयाँदेखि न्यूनतम ६३ रुपैयाँसम्म बोनस दर दिने उल्लेख गरेको छ ।

सावधिकतथा आजीवन बीमालेखमा कम्पनीले २६ वर्ष वा सोभन्दा माथिको लागि ८५ प्रतिशत बोनसदर कायम भएको छ । उक्त बीमालेखमा ९ देखि २० वर्ष अवधिको लागि ६४ प्रतिशतदेखि ७० प्रतिशतसम्म बोनस दर कायम गरेको छ ।
२१ देखि २५ वर्ष अवधिको बीमा पोलिसीले ७० रुपैयाँ प्रति हजार प्रति वर्ष पाउनेछन् भने २६ देखि २९ वर्ष अवधीमा बीमा पोलिसीले ८५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस पाउनेछन् ।

सावधिकत तथा आजिवन बीमालेखहरुले ९ अवधि वर्ष, १० देखि १४ वर्ष अवधि तथा १५ देखि २० वर्ष अवधिका बीमा पोलिसीका लागि समान ६४ रुपैयाँ प्रति हजार प्रति वर्ष बोनस पाउने छन् । २१ देखि २५ बीमा पोलिसीले ७० रुपैयाँ बोनस पाउने छन् भने २६ वर्षभन्दा माथिका सबै बीमा पोलिसीले ८५ रुपैयाँ पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखहरू ९ वर्ष अवधि तथा १० देखि १५ वर्ष अवधिमा बीमा पोलिसीहरूले समान ६३ रुपैयाँ प्रतिवर्ष प्रति हजार बोनस पाउने छन् भने १५ देखि १९ तथा २० देखि २५ वर्ष अवधिमा अग्रिम भुक्तानी बीमा पोलिसीहरूले ६४ रुपैयाँ बोनस पाउनेछन् ।

कम्पनीले बीमालेखको बोनसदरका साथै बीमालेख संख्या पनि सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको बीमा लेखमा सबैभन्दा बढी १५देखि २० वर्षको सावधिक जीवन बीमालेख जारी भएको छ । उक्त बीमा लेखमा १ लाख ८२ हजार ५४९ बीमा लेख जारी भएको छ । अन्यको बीमा लेखा भने भन्दा कम रहेको छ । ९ वर्ष अवधिको सावधिक तथा आजीवन बीमालेख भने सबैभन्दा कम रहेको छ । कम्पनीले १८३ वटा बीमालेख जारी गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स