काठमाडौं । गत आर्थिक वर्षमा १८ निर्जीवन बीमा कम्पनीले ४ अर्ब ५५ करोड ९८ लाख रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । २० निर्जीवन बीमा कम्पनीमध्ये दुई कम्पनीले भने वित्तिय विवरण सार्वजनिक गरेका छैनन् । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरूले ४ अर्ब २४ करोड ६३ लाख रूपैयाँ खुद मुनाफा गरेको थियो ।
पाँच कम्पनीको खुद मुनाफा घटेको कारण निर्जीवन बीमा कम्पनीहरूको मुनाफा अघिल्लो अािर्थक वर्षको तुलनामा सामान्य मात्रै बढेको छ । गत आर्थिक वर्षमा अवधिसम्ममा निर्जीवन बीमा कम्पनीहरूको मुनाफाको आधारमा नेको इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ ।
कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासको अवधिसम्ममा ५५ करोड १ लाख २८ हजार रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । अघिल्लो आवमा नेकोले ५० करोड ४५ लाख रूपैयाँ खुद नाफा कमाएको थियो ।
बढी नाफामा राष्ट्रिय बीमा कम्पनी हुन सफल भएको छ । गत आर्थिक वर्षको चौथौ त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ३१.४१ प्रतिशतले बढेर ४७ लाख ३४ हजार ९५ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले ३६ करोड ३ लख २८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
सगरमाथा इन्स्योरेन्सले ४० करोड २२ लाख रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा सगरमाथाले ४४ करोड ६ लाख ७७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
शिखर इन्स्योरेन्स कम्पनीले ४० करोड १४ लाख रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २९ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड १३ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । १८ निर्जीवन बीमा कम्पनीमध्ये १३ वटाले नाफा बढाएका छन् । अघिल्लो आवको तुलनामा सानिमा जनरलको नाफा ९८ दशमललव ६४ प्रतिशतले बढेर १४ करोड ४९ लाख ५ हजार रूपैयाँ पुगेको छ ।
अघिल्लो आवमा कम्पनीले ७ करोड २९ लाख रूपैयाँ खुद नाफा कमाएको थियो । नेपाल इन्स्योरेन्सले ३२ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ७ प्रतिशतले बढेको हो ।
प्रभु इन्स्योरेन्सले यस अवधिमा २३ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १.८८ प्रतिशतले वृद्धि भएको हो ।
एनएलजी इन्स्योरेन्स कम्पनीले यस अवधिमा २३ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । लुम्बिनी जनरलको मुनाफा १८ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । प्रुडेन्सियल इन्स्योेरेन्सले १५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३१ प्रतिशतले बढेको हो ।
हिमालयन जनरलले यस अवधिमा १४ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३ प्रतिशतले बढी हो । सानिमा जनरलले १४ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा यूनाइटेड इन्स्योरेन्सले १३ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको छ । अजोड इन्स्योरेन्सले यस अवधिमा ११ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । जनरल इन्स्योरेन्स कम्पनीले ११ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।
नाफा घटाउने पाँच कम्पनी
१८ कम्पनीमध्ये पाँच कम्पनीको नाफा घटेको छ । अघिल्लो आवको तुलनामा सगरमाथा, प्रिमियर, सिद्धार्थ, आइएमई जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीको नाफा घटेको हो । यो अवधिमा सबैभन्दा बढी नाफा एभरेष्ट इन्स्योरेसको नाफा ५९.६१ % ले घटेको छ भने आइएमई जनरलको २३.२२ %, सिद्धार्थको ८.३२ %, प्रिमियरको ३.५४ %, र सगरमाथाको ८.७१%ले नाफा घटेको छ ।