महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा २४ प्रतिशतले वृद्वि, अन्य सूचक कस्तो ?

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चौथो त्रैमासमा कम्पनीले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ९ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा २४.४१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४१.९५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १ अर्ब ८ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर १६ करोड ९४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो ११ करोड ७ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिमा कम्पनीले १८ करोड ९५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.२६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १८ करोड १ रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार ५८.०८ प्रतिशतले बढाएर २ अर्ब १२ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा १ अर्ब ३४ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म १८ करोड ५३ लाख रुपैयाँ रहेको रिजर्भको आकार ५४.७१ प्रतिशतले बढेर २६ करोड ८७ लाख रुपैयाँको उचाइमा पुगेको छ।

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ४० हजार ६४५ पुगेको छ। अघिल्लो वर्ष यो संख्या २६ हजार ७८३ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनी चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स