नेसनल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, खुद बीमाशुल्क १४ प्रतिशत बढी

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चौथो त्रैमासमा कम्पनीले ४० करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा १.९२ प्रतिशतले बढेको छ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १४ अर्ब २८ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १७.८८ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १२ अर्ब ११ करोड ७३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ३ अर्ब ६० करोड ७८ लाख रुपैयाँ र बीमालेख धितोमा ८ अर्ब १ करोड ३७ लाख रुपैयाँ कर्जा लागनी गरी ६३ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६६ करोड ७१ लाख रुपैयाँ रहेको छ । यस्तै जीवन बीमा कोषमा ५१ अर्ब १५ करोड ५३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३४ करोड ९३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा, प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात ५६.९६ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स