एलआईसी नेपालको खुद बीमा शुल्क ६ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले गत आवको असार मसान्तसम्ममा खुद बीमा शुल्क ६ प्रतिशतले वृद्धि गरी १८ अर्ब १३ करोड ९८ लाख ६५ हजार ५०९ रुपैयाँ पुर्याउन सफल भएको छ । गत आवमा १७ अर्ब ४ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ६ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

यो अवधिमा कम्पनीले ९ अर्ब ६ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २३।२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ अर्ब ३५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर ९३ अर्ब ६३ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा ८१ अर्ब ६ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म ६४ करोड ८७ लाख रुपैयाँ रहेको रिजर्भ घटेर ६१ करोड ५५ लाख रुपैयाँमा झरेको छ।

चौथो त्रैमासमा कम्पनीले ८ करोड ७४ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष कम्पनीले १९ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ७ लाख ९ हजार ७८० पुगेको छ। अघिल्लो वर्ष यो संख्या ७ लाख ४१ हजार २३९ रहेको थियो।

चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३.३० रुपैयाँले ऋणात्मक रहेको छ। पीई रेसियो ४२९.१६ गुणाले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३६.७९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स