एसियन लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क १७ प्रतिशत बढी

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा १६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३८ प्रतिशत घटी हो । अघिल्लो वर्ष कम्पनीले २५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६ अर्ब ८० करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १७.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार २१।१८ प्रतिशतले बढाएर ३२ अर्ब ९ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषमा २६ अर्ब ४८ करोड रुपैयाँमा सीमित थियो। अघिल्लो वर्षको यही अवधिसम्म ८९ करोड ९२ लाख रुपैयाँ रहेको रिजर्भको आकार ३५।१० प्रतिशतले घटेर ५८ करोड ३६ लाख रुपैयाँमा खुम्चिएको छ।

समीक्षा अवधिसम्म कुल कायम रहेको बीमालेखको संख्या ४ लाख ३७ हजार ४२ पुगेको छ। अघिल्लो वर्ष यो संख्या ३ लाख २५ हजार ६१ रहेको थियो।

चुक्तापुँजी २ अर्ब ५३ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ६.६७ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ईपीएस १२.६५ रुपैयाँ थियो।

पीई रेसियो ८६.०४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.३७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स