नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ ।

मंगलबार साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको १ः०.८५ रेसियोमा कायम हुन आएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले मर्जर पश्चात पहिलो कारोबारको लागि ५१० रुपैयाँ ४८ पैसा ओपनिङ रेन्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको सेयर कारोबार खुल्नेछ ।

कम्पनीको सेयरलाई नेप्सेले एचइआई कारोबार संकेत प्रदान गरेको छ ।

सूचीकृत पश्चात् उक्त सेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स