एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ।

कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८को सञ्चित नाफाबाट सेयरधनीहरुलाई वितरया गर्ने लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायाम चुक्ता पूँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९ सय ५१ रुपैयाँ नगद गरि कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स