जनरल इन्स्योरेन्स र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्रा.लि, बुटवलबीच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठ र लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजको तर्फबाट प्रबन्धक निर्देशक भिम प्रसाद तुलाचनले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात जनरल इन्स्योरेन्स कम्पनी नेपाल बाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमा सम्म लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेजबाट नगद रहित हस्पिटलाईजेशन सुविधा प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स