प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स मर्जरपछि बन्ने कम्पनीमा सीईओ को ?

काठमाडौं । युनियन, प्राइम र गुराँस लाइफले भदौभित्रै एकीकृत कारोबार सुरु गर्ने गरी कार्य सम्पादन गर्ने बुझिएको छ । बीमा समितिले पुँजी वृद्धि गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएपछि पहिलो पटक मर्जरमा जाने सहमति गरेका यी तीन बीमा कम्पनीका सञ्चालक जतिसक्दो चाँडो एकीकृत कारोबार सुरु गर्ने तयारी गरिरहेको छन् ।

सम्भवतः भदौ दोस्रो सातासम्म एकीकृत कारोबार गर्ने गरी तीनै कम्पनी अघि बढेको बुझिएको छ । मर्जरमा जान सहमति गरेका यी तीनै कम्पनीले बीमा समितिमा आफ्नो वित्तीय विवरण बुझाइसकेका छन् र समितिबाट त्यो वित्तीय विवरण स्वीकृत पनि भइसकेको छ ।

एक्चुरी भ्यालुएसनका लागि नम्बर अफ एक्चुरीले तीन वटै कम्पनीको पोलिसीहरूको भ्यालुएसन गरिरहेका छन् । साउन तेस्रो सातासम्म एक्चुरी भ्यालुएसन र डीडीएको रिपोर्ट पनि आउने भएकाले सम्भव भएसम्म भदौ दोस्रो सातामा प्राइम, युनियन, गुँरासको एकीकृत कारोबार सुरु हुने देखिएको छ ।

मर्जरमा जाने सहमति पनि यी तीनै कम्पनीले डीडीए रिपोर्ट तयार पारिरहेका छन् । डीडीए रिपोर्ट आएपछि स्वाप रेसियो तय हुनेछ । कम्पनी सञ्चालकहरूले जतिसक्दो छिटो एकीकृत कारोबार सुरु गर्ने गरी काम अघि बढेको बताएका छन् ।

को बन्छ सीईओ ?
बीमा व्यवसायको तेस्रो चरणमा स्थापना भएको गुराँस र प्राइम लाइफ अनि चौथो चरणमा स्थापना भएको युनियन लाईफसँगै मिलेर व्यवसाय गर्ने सहमति भएपछि अब बजारमा नयाँ बन्ने कम्पनीमा प्रमुख कार्यकारी अधिकृत बन्ने चर्चा सुरु भएको छ । २०७९ असारमसान्तबाट कार्यावधि पुरा भएका प्राइम लाइफका सीईओ मनोज कुमार भट्टराई र डीसीईओ चिरायु भण्डारी आज बुधबारबाट विदा भएका छन् ।

मर्जर तथा एक्युजिसनमा गएका कम्पनीमा सीईओको पदभार पुरानै कम्पनीहरूमध्यबाट बन्ने प्रावधानअनुसार अब प्राइम, गुराँस र युनियन लाइफ मिलेर बन्ने कम्पनीमा युनियन लाइफ इन्स्योरेन्सका सीईओ मनोजलाल कर्ण बन्ने पक्का जस्तै भएको छ । किनकी प्राइम लाइफको सीईओ भट्टराई र डीसीओ भण्डारीको कार्यावधि सकिएपछि सीईओ बनाउने शर्तमा आएका डीसीओ भण्डारीलाई कम्पनीले विदाई गरिसेकको छ भने गुराँस लाइफका सीईओ विपिनकुमार लाल युनियन लाइफका सीईओ कर्णभन्दा जुनियर हुन् । यसले पनि युनियन लाइफका सीईओ कर्णलाई सीईओ बन्न अझ सहज बनाएको छ ।

पछिल्लो चरण २०७४ साल असार २० मा स्थापना भएको युनियन लाईफको व्यवसाय यी दुई कम्पनीकोभन्दा राम्रो व्यवसाया गरिरहेको छ । कम्पनीले छोटो समयमै गरेको यो लोभलाग्दो प्रगतिमा लोभिदै बीमा कम्पनी सञ्चालकहरूले कर्णलाई अब बन्ने नयाँ कम्पनीको सीईओ बनाउने तयारी गरिरहेको बुझिएको छ ।

कम्पनीले छोटो समयमा नै ४० वटाभन्दा बढी पोलिसी ल्याएर कम्पनीलाई पुराना कम्पनीको उचाइमा पुर्याउन सफल भएको छ । कम्पनी स्थापना भएको ५ वर्षमा ५० हजार अभिकर्ता, २ सय शाखा र ४ सय ५० कर्मचारी कार्यरत छन् ।

यस्तो छ तीन कम्पनीको व्यवसाय
जेठ महिनासम्मको तथ्यांक अनुसार गुराँस लाइफले २ अर्ब ७३ करोड २७ लाख रुपैयाँ बराबर पोलिसी बिक्री गरी बीमा शुल्क आर्जन गरेको छ भने प्राइमलाइफले ४ अर्ब ४५ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी बिक्री गरेको छ । कान्छो इन्स्योरेन्स कम्पनी युनियन लाइफले सबैभन्दा बढि ६ अर्ब ९३ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

छोटो समयमा कम्पनीले गरेका प्रगति, करिब ३ दशक बीमा क्षेत्रको विभिन्न पदमा रहेर काम गरेका अनुभवी कुशल व्यवस्थापन, मार्केटिङग, क्लेमदेखि अन्डर राइटिङसम्म सबै कुरामा राम्रोे दखल भएका मनोजलाल कर्णले लिने नयाँ कम्पनीको नेतृत्वले कम्पनीलाई राम्रै उचाइमा पुर्याउने.विश्वास सञ्चालकको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स