गुराँस लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, न्यूनतम २० देखि अधिकतम ७५ रुपैयाँसम्म पाउने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गरि बीमितहरुको लागि आर्थिक वर्ष २०७६/०७७ को नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

नयाँ बोनसदरअुनसार कम्पनीको विभिन्न ६ बीमा योजनाका विभिन्न अवधिका बीमितहरुले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर पाउने भएको हो।

१. सावधिक जीवन बीमालेख
सावधिक जीवनलेख अन्तर्गतका बीमितहरुलाई न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ६८ रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा १४ वर्षसम्मका लागि ३३ रपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ देखि सो भन्दा माथिका लागि ६८ रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको छ ।

२. बालबालिकाको सावाधिक जीवन बीमालेख                                                                          कम्पनीको बालबालिकाको सावाधिक जीवन बीमालेखको हकमा न्युनतम ३३ रुपैयाँदेखि अधिकतम ६८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसमा १४ वर्षसम्मका लागि ३३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ देखि माथिका लागि ६८ रुपैयाँ बोनसदर उपलब्ध गराउने भएको छ ।

३. सावधिक तथा आजीवन बीमालेख                                                                                    कम्पनीले सावधिक तथा आजीवन बीमालेखको हकमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतछम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसमा १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५० रुपैयाँ, २५ वा सो भन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर उपलब्ध गराउने भएको छ ।

४. अग्रिम भुक्तानी सावधिक बीमालेख                                                                                       कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ४३ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसमा १४ वर्षसम्मका लागि ३२ रुपैयाँ,१५ देखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ, २५ वर्ष वा सोभन्दा माथिकालागि कुनै पनि रुपैयाँ बोनसदर कायम गरेको छैन ।

५. वार्षिक नगद फिर्ता
कम्पनीले वार्षिक नगद फिर्ता बीमालेख अन्तर्गत न्यूनतम ३० रुपैयाँदेखि ३८ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसमा १४ वर्ष अवधिको लागि प्रतिहजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३६ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रति हजार ३८ रुपैयाँ बोनसदर कायम गरेको छ । तर कम्पनीले २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार कुनै पनि रुपैयाँ बोनसदर कायम गरेको छैन् ।

६. गुराँस सुरक्षित भविष्य जीवन बीमा
कम्पनीले गुराँस सुरक्षित भविष्य जीवन बीमालेखको हकमा न्यूनतम २० देखि अधिकतम ३७ रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ । जसमा १४ वर्ष अवधिको लागि प्रतिहजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रति हजार ३१ रुपैयाँ बोनसदर कायम गरेको छ । यसैगरी २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रति हजार ३७ रुपैयाँ बोनसर कायम गरेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स