कृषि बीमाले गरिबी नघटाएपनि बढ्न दिँदैनः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कृषि बीमाले गरिबी नघटाएपनि बढ्न नदिने बताएका छन् । नेको इन्स्योन्सले आजबाट शुभारम्भ गरेको ‘नेकोको अभियान कृषिमा योगदान’ कार्यक्रममा सम्बोधन गर्दै उनले कृषि बीमालाई अभियानको रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । नेको इन्स्योरेन्सले आजबाट सुरु गरेको उक्त बीमा पोलिसीलाई अभियानको रुपमा सञ्चालन गर्न उनले निर्देशन पनि दिएका छन् ।

‘काठमाडौंमा बसेर कृषिको बीमा गर्न सकिदैन भन्दै अध्यक्ष सिलवालले ‘सहरबाट गाउँमा बीमा अभियानसँगै दावी भुक्तानी पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक छ ।’ कृषकले समयमा नै दावी भुक्तानी पाए कृषकहरू आफै कृषि बीमा गर्न अग्रसर हुने पनि उनले बताए । ‘ढिलो दावी भुक्तानी दिनु भनेको नगरे सरह नै हो,’ उनले भने ।

नेको इन्स्योरेन्सले पहिलो पटक सुरू गरेको अभियानमा सबै बीमा कम्पनी सहभागी हुने विश्वास व्यक्त पनि उनले व्यक्त गरे ।

‘बीमा कम्पनीहरू सबैले आ–आफनो क्षेत्रबाट यस्तो अभियान सुरु गरे समग्र बीमा कम्पनीहरूलाई नै फाइदा पुग्ने उनको भनाइ छ । आगामी दिनमा अन्य बीमा कम्पनीहरुलाई पनि यस्ता कार्यक्रम संचालन गर्न उनले सुझाव दिएका छन् ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कृषि बीमाको दावी भुक्तानी समय मै हुन सके नेकोको यो अभियान सार्थक हुने बताए । ‘पशु बीमाले गति लिएपनि कृषि बीमाले गति नलिएको उल्लेख गर्दै उनले भने ‘नेकोले यो अभियान एक कदम अगाडि बढेर सुरु गरेको यो कार्यक्रम उत्पादन र उत्पादकत्वमा जोड्नु पर्छ ।’

कार्यक्रमा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले कृषिको पोटफोलियो लसमा भएपनि कृषि बीमालाई प्राथमिकतामा राखेर यो पोलिसी लन्च गरेको बताए । ‘हुन त यो पोलिसी ६ महिना अघि नै सञ्चालनमा आएको हो,’ उनले भने ‘ ५÷७ करोड घाटा भएपनि केहि हुँदैन भनेर यो अभियान सुरु गरेका हौं ।’
वीमक संघका अध्यक्ष चङखी खत्रीले उधारो बीमाको समस्या ९९ प्रतिशत निराकरण भएको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स