काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरूलाई पुँजी अनुसारको व्यवसाय गर्न पाउने बताएका छन् । हिमालयन एभरेष्ट इस्योरेन्सको एकीकृत कारोबारको अवसरमा आयोजित कार्यक्रममा उनले अव बीमा कम्पनीहरूले पुँजीको आधारमा मात्रै व्यवसाय गर्न पाउने बताएका हुन् ।
‘थोरै पुँजीबाट ठूलो व्यवसाय गर्दा बढी जोखिम हुने हुँदा बीमा कम्पनीहरूमा पुँजी वृद्धिको योजना ल्याएको हो,’ उनले भने ‘पुँजी वृद्धिले कम्पनीलाई बलियो बनाउँछ ।’
सो अवसरमा ७ वर्षमा बीमा कम्पनीहरूको पुँजीले बैंकलाई जित्ने बताए । ‘म जुन ठाउँमा छु त्यहाँ हुन्छु या हुदिन तर ,एउटा कुरा चाहिँ ठोकुवा गर्छु, अबको ७ वर्ष सम्ममा बैकको पुँजीलाई बीमाले जित्ने छ’, उनले भने । उनले इस्सोरेन्स कम्पनीलाई संकेत गर्दै भने,‘दैनिक मोबाईलबाट २ रुपैयाँ तिरेर बीमा गर्न पाउने व्यवस्था गर्नुपर्छ । गरिबले पनि एक दुई रुपैयाँ तिरेर बीमा गर्न पाउनु पर्छ, त्यस्ता पोलिसी बनाउन लागि पर्नुस ।’
विदेशमा यस्तो पोलिसीका कारण उनीहरु धेरै अगाडी बढिसकेका छन्, डिजिटलाइजेसन गरेका छन् । तर यहाँ विभिन्न नाम दिएर त्यही एकै खालको पोलिसी बेच्ने गरिएको उनले बताए । ५ वर्षको लागि स्थानिय सरकार स्थिर छ जानुस् सहकार्य गरेर काम गर्नुस् । कर्णाली सरकारले सबैको बीमा गरेर देखाएको छ भने तपाईहरु इस्सोरेन्स कम्पनी किन नसक्ने ?
उनले मर्जरमा नजाने कम्पनीले दुःख पाउने पनि बताएका छन् । साढे २ अर्ब पुँजी भएको र एक अर्ब पुँजी भएकालाई एउटै थान्कोमा राख्न नमिल्ने साढे २ अर्ब पुँजी भएको कम्पनीले जाखिम पनि ठूलो मोल्न सक्ने बताए ।