आजबाट हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको एकीकृत कारोबार सुरु

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी मर्जर भई आजबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु भएको छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै दुई कम्पनीबीच एकिकृत कारोबार बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले शुभारम्भ गरेका हुन् ।

गत वैशाख २२ गते एभरेष्ट र हिमालयनले मर्जर सम्झौता गरेका थिए । जसअनुसार दुवै कम्पनीलाई बीमा समितिले गत असार ८ गते नै मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

उक्त मर्जर सम्झौता नेपाली बीमा क्षेत्रको इतिहासमै पहिलो हो । कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स रहने भएको छ । नयाँ कम्पनीको कर्पोरेट लागो पनि सार्वजनिक गरेको छ ।

एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता बराबर हिमालयन जनरलको ८५ किता अर्थात १००ः८५ को सेयर स्वाप रेसियोमा मर्जर भइ ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ को नामबाट एकिकृत कारोबार सुरुगर्ने सम्झौता अनुसार नै साउन १ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन् ।

मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको अध्यक्षमा साबिक हिमालयनका अध्यक्ष महेन्द«कृष्ण श्रेष्ठ रहनेछन् । यस्तै, प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि साबिक हिमालयनकै बिजय बहादुर शाह हुनेछन् । एभरेष्टका सीईओ कमल गौतम वरिष्ठ डीसीईओको भूमिकामा हुनेछन् । यसैगरि पवन थापा नायव प्रमुख कार्यकारी अधिकृत रहनेछन् ।

कम्पनकिो चुक्तापूँजी २ अर्ब २३ करोड ९९ लाख पुग्नेछ । हिमालयन जनरलको १ अर्ब १७ करोड ३५ लाख र एभरेष्टको १ अर्ब २५ करोड ४६ लाखको चुक्तापूँजीलाई १००ः८५ को स्वाप अनुपातमा समायोजन गर्दा सो बराबरको चुक्तापूँजी कायम भएको हो ।

कम्पनीको शाखा संख्या ७५ कायम हुनेछ । हिमालयनको ३८ र एभरेष्टको ४० शाखा हुनेछन् । त्यसमा ३ शाखा मर्ज गर्दा ७५ कायम हुनेछ । कर्मचारी संख्या भने ४४० पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स