बीमा कम्पनीहरूमा मर्जरको भेल, असारसम्म सहमतिमा जुटे १९ कम्पनी, म्याद थप गर्न आग्रह गर्ने तयारीमा

काठमाडौं । बीमा समितिले मर्जर तथा प्राप्तीमा जाने कम्पनीलाई असारमसान्तसम्म सुविधा दिने भनेपछि धमाधम मर्जरका लागि सहमति गर्न थालेका छन् । देशमा सञ्चालित जीवन र निर्जीवन ३९ वटा बीमा कम्पनीमध्य १९ वटा कम्पनी एक आपसमा मर्जन जानका लागि सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् भने अझै केही कम्पनी मर्जरका लागि सहमति गर्ने अवस्थामा पुगेको छन् ।

समितिले जीवन र निर्जीवन बीमा कम्पनीहरूको पुँजी वृद्धि योजना अघि सारेपछि बीमा कम्पनीहरू बाध्य भएर मर्जरमा जान लागेका हुन् । अधिकांश बीमा कम्पनीहरूलाई पुँजी पुर्याउन गाह्रो भएको छ । पुुँजी थपेर पनि कम्पनीबाट उचित प्रतिफल नआउने देखेपछि बीमा कम्पनीका साहुजीहरूले पुँजी थप्नुभन्दा बरु मर्जरमा जानु अहिलेको अवस्थामा उत्तम उपाय हुने डिसिजन गर्दै मर्जरलाई प्रोत्साहन दिएका हुन् ।

कम्पनीमा लगानी गरेर फाइदा नहुने देखेपछि बीमा कम्पनीहरूमा मर्जरको लहर नै आएको छ । असारमसान्तमै मर्जर तथा एक्विजिसनको सम्झौता गर्न नभ्याउने बीमा कम्पनीहरूले बीमा समितिसँग म्याद थप गर्ने प्रस्ताव अघि सार्ने भएका छन् । समितिले १ महिना थप समय दिए अरु मर्जरमा जाने तयारी गरेर उचित पाटर्नर खोजिरहेका कम्पनीलाई समेत केहि राहत पुग्ने बीमा कम्पनीका साहुजीहरूको भनाइ छ ।

हिजो असार ३१ गते बिहीबार सगरमाथा र लुम्बिनी जनरलबीच मर्जर सम्झौता भएको छ । दुई निर्जीवन बीमा कम्पनीले १००ः८० को स्वाप रेसियोमा मर्जर सम्झौता गरेका हुन ।

ससानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर गर्ने प्रक्रिया अघि बढि सकेको छ अस्ति असार २९ गते बुधबार यी दुई कम्पनीबीच मर्जर सम्झौता भइसकेको छ । यसभन्दा अघि ११ कम्पनीले विभिन्न मितिमा एक आपसमा मर्जरमा जाने सहमति गरिसकेका छन् ।

बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि सबैभन्दा पहिला मर्जरमा जानका लागि प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाइफले सम्झौता गरेका थिए । त्यसपछि एभरेष्ट इन्स्योरेन्स र हिमालय जनरल इन्स्योरेन्सले पनि मर्जरका लागि सहमति गरिसकेका छन् ।

असारमसान्तसम्म मर्जर तथा एक्विजिसन गए यस्तो पाइन्थ्यो छुट

बीमा कम्पनी गाभिए पश्चात कायम हुने नयाँ बीमा कम्पनीमा कायम रहेको सेयरधनीहरूले आफ्नो सेयर गाभिएको मितिले २ वर्ष भित्र बिक्री भएको वा बिक्री गरेको सेयरमा पूँजीगत लाभकर लाग्ने छैन ।

बीमा कम्पनीहरू गाभिएको २ वर्ष भित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने समितिले जनाएको छ ।

गाभिने प्रकृयामा रहेका बीमा कम्पनीहरुले कर्मचारीहरुलाई सामुहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एक मुष्ट भुक्तानीमा एकमुष्ट अवकाश भुक्तानी कर कट्टी गर्नु पर्ने दरमा ५० प्रतिशत छुट दिने पनि समितिले जनाएको छ ।

बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ अनुसार न्यूनतम चुक्ता पुँजी पुरा गर्न मर्जर तथा एक्वीजिसन प्रकृयामा संलग्न हुन इच्छुक बीमा कम्पनीहरूले आयकर ऐन अनुसार छुट तथा सुविधा समेत प्राप्त गर्न सक्नेछ ।

उक्त सुविधाहरु प्राप्त गर्न आयकर ऐन अनुसार गाभ्ने/गाभिने र प्राप्ति गर्न इच्छुक बीमा कम्पनीहरुले २०७९ असार भित्र गाभ्ने/गाभिने आशयपत्र आन्तरिक राजस्व विभागमा दिनु पर्नेछ । गाभ्ने/गाभिनको लागि आशयपत्र दिने बीमा कम्पनीहरूले गाभिने प्रकृया २०८० असार भित्र पुरा गर्नुपर्ने व्यवस्था रहेको छ ।

मर्जर निर्देशिका अनुसार मर्जरमा जाने बिमा कम्पनीहरूको प्रमुख कार्यकारी अधिकृतहरुलाई कुलिङ अवधि लागु हुने छैन । दुईवटा कम्पनी मर्जरमा जाँदा एउटा कम्पनीको सीईओ कित डीसीईओ हुनुपर्छ होइन भने बाहिरिनुपर्छ ।

मर्जर तथा प्राप्तिपश्चातको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पहिलो कार्यकाल हुनेछ । उक्त सीईओको दोस्रो कार्यका भए पनि मर्जरपछि थप दुई कार्यकाल काम गर्न पाउने व्यवस्था गरिएको छ ।

मर्जर तथा प्राप्तिपश्चात समेत पुँजी नपुगेमा पुँजी पुर्याउने अवधि एक वर्ष थप हुनेछ । यदि दुईवटा कम्पनीको मर्ज गर्दा पनि जीवनको हकमा ५ अर्ब र निर्जीवनको हकमा साढे २ अर्ब पुगेन भने अर्को एक वर्षमा पुँजी पुर्याउने अवधि थप हुनेछ ।

क्रश होल्डिङ हटाउन तथा १५ प्रतिशतको सीमा कायम गर्न २ वर्षको अवधि थप हुनेछ । यदि मर्जर पश्चात एउटा सेयरधनीको सिमा १५ प्रतिशत सीमा नाघ्यो भने तत्काल १५ प्रतिशत भन्दा तल झार्ने झण्झट बेहोर्नु पर्दैन । कम्पनीले २ वर्षको अवधि पाउनेछ ।

मर्जरपछि व्यवस्थापन खर्चको सीमा नाघ्न गएमा छुट पाउने समितिले जनाएको छ । मर्जरमा गएको कम्पनीलाई बीमा समितिले बढिमा २ जना सञ्चालकलाई २ वर्षसम्म सल्लाहकारको रुपमा नियुक्ति गर्न पाउने सुविधा दिऐको छ । मर्जर पछि सञ्चालक व्यवस्थापन गर्न गाह्रो परेमा यो उपाय पनि लगाउन सकिनेछ ।

छुट तथा सुविधा प्राप्त गर्नको लागि बीमा कम्पनीहरुले २०७९ असार मसान्तभित्र सम्बन्धित निकायमा आवेदन दिन समितिले निर्देशन दिएको हो ।

कुन कुन कम्पनीले गरे मर्जरमा जाने सहमति ?
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जाने सहमति भएको छ । हिजो मंगलबार दुवै इन्स्योरेन्सबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको हो ।

त्यसरी नै सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाईफ इन्स्योरेन्सले पनि आज बुधबार मर्जरमा जाने सहमति गरेका छन् । आज (असार २९) गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले दुई कम्पनी मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा सानिमा लाइफ कम्पनीको तर्फबाट सञ्चालक घनश्याम थापा तथा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स