१ः१ को स्वाप रेसियोमा प्रभु र महालक्ष्मी लाइफ मर्जरमा जान सहमतिपत्रमा भयो हस्ताक्षर

काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीचको मर्जर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । तीन सातादेखि लगातार छलफलमा रहेका यी दुई कम्पनीले आज मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीहरूले स्वाप रेसियो १ः१ नै रहने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात् अध्यक्ष प्रभु लाइफको तर्फबाट र सीईओ महालक्ष्मी लाईफबाट हुने सहमति भएको छ । दुई कम्पनीका बीचमा भएको सहमति अनुसार कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ’ राखिने भएको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफले चुक्ता पुँजी (१ अर्ब ४० करोड रुपैयाँ) मा वृद्धि गर्न ५० प्रतिशत संस्थापक सेयरधनीहरुबाट जोहा गरिसकेको छ । यसपछि पनि महालक्ष्मीको चुक्ता पुँजी करिब २ अर्ब १० करोड रुपैयाँ मात्र पुग्नेछ । यस्तै, प्रभु लाइफले पनि पुँजी करिब २ अर्ब मात्र छ ।

यसैले दुवै कम्पनीसँग तोकिएको पाँच अर्ब न्यूनतम पुँजी पुयाउन मर्जरबाहेक अरु बाटो थिएन । तर मर्जरमा गइसकेपछि पनि दुई कम्पनीको गरी कुल पुँजी बढीमा ४ अर्ब १० करोड मात्र पुग्ने देखिन्छ । मर्जरपछि पनि ९० करोड रुपैयाँ भने अझै अपुग देखिन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स