रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्ज हुने, सेयर कारोबार रोक्का

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड मर्ज हुने भएका छन्। आज (असार २९) गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले दुई कम्पनी मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा सानिमा लाइफ कम्पनीको तर्फबाट सञ्चालक घनश्याम थापा तथा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट सञ्चालक भरत कुमार तोदीले हस्ताक्षर गरेका छन्। दुवै कम्पनी मर्जर सम्झौता गरेसंगै नेप्सेमा दुवै कम्पनीको सेयर कारोबार रोक्का भएको छ । दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ ।

उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स