काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिबन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ ।
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीच हिजो मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर भएसँगै नेप्सेले मंगबारदेखि सेयर कारोबार रोक्का गरिदिएको हो ।
सोमबार (असार २७) गते बसेको दुवै कम्पनीको संचालक समितिको बैठकमा दुवै कम्पनीबीच एकआपसमा गाभ्ने/गाभिने सम्बन्धमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।