बीमा कम्पनीहरु मर्जरमा जाँदा कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने

काठमाडौं । बीमा कम्पनीहरु मर्जरमा जाँदा कर्मचारीहरुको पद तथा सेवा सुविधा नघट्ने भएको छ।

बीमा समितिले गाभ्ने/गाभिने बीमा कम्पनीका कर्मचारीहरूलाई गाभिएर कायम हुने बीमा कम्पनीहरूमा निजहरूको साविकमा रहेको पद अनुसारको तह वा श्रेणी भन्दा कम नहुने गरी पद मिलान गर्न निर्देशन दिएको हो ।

त्यस्तै गाभ्ने, गाभिने संस्थाका कर्मचारीहरुको गाभिएर कायम हुने बीमकका कर्मचारीलाई कुनै मर्का नपर्ने गरी र निजहरुले साविकमा खाईपाई आएको तलब, भत्ता तथा सुविधा भन्दा नघट्ने गरी व्यवस्था गर्नु पर्नेछ ।

मर्जर पश्चात बन्ने कम्पनीका कर्मचारीहरु कर्मचारीहरु काम गर्न इच्छुक नभए उपयुक्त सुविधा सहितको स्वेच्छिक अवकाशको योजना बनाई लागू गर्न समितिले निर्देशन दिएको छ ।

त्यसैगरी असार ६ गते जारी भएको निर्देशनबाट समितिले गाभ्नेरगाभिने कार्यमा संस्थाका संचालक समितिका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक मर्जर समितिको सदस्य हुने नपाई भन्ने व्यवस्था हटाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स