जेठसम्म निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क ३४ अर्ब माथि, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३४ अर्ब रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरूले ३४ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म निर्जीवन बीमा कम्पनीले आयो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २८.८० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

यो अवधिमा शिखर इन्स्योरेन्सले आफ्नो अग्रतालाई कायमै राख्न सफल भएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा शिखरले सबैभन्दा धेरै ४ अर्ब ४० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १२.९० प्रतिशत हो । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको यस अवधिसम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको थियो ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ७९ करोड ९४ लाख रूपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड २८ लाख रूपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड ५३ लाख रूपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड ४९ लाख रूपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ९२ करोड ७९ लाख रूपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ७० करोड रूपैयार आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ५३ करोड ७२ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

हिमालयन जनरलले १ अर्ब ८७ करोड ८४ लाख रूपैयाँ, अजोड इन्स्योरेन्सले १ अर्ब ४४ करोड ४५ लाख रूपैयाँ, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब ३६ करोड ५४ लाख रूपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड ६५ लाख रूपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३८ करोड ४५ लाख रूपैयाँ आर्जन गरेका छन् ।

प्रभु इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख रूपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब २२ करोड २२ लाख रूपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब २० करोड ४८ लाख रूपैयाँ र एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ११ करोड १० लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

जनरल इनस्योरेन्सले ८१ करोड ७८ लाख रूपैयाँ, सानिमा जनरलले ९० करोड ६८ लाख रूपैयाँ र नेशनल इन्स्योरेन्सले ८० करोड १५ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

सगरमाथाले यस अवधिमा २ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै नेको इन्स्योरेन्सले २ अर्ब ६१ करोड रुपैयाँ, सिदार्थ इन्स्योरेन्सले २ अर्ब २४ करोड रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २ अर्ब १० करोड रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

हिमालयन जनरल, प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, ओरेन्टल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आइएमइ जनरल, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको कुल बीमाशुल्क पनि एक अर्ब माथि रहेको छ ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने नेशनल इन्स्योरेन्स रहेको छ । नेशनलले यस अवधिमा ८० करोड १५ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनहिरुले आर्जन गरेको कुल बीमाशुल्कको २.३५ प्रतिशत मात्रै हुन आउँछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स