नेप्सेमा सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनी मर्जरमा जाने सम्झौता भएसँगै उनीहरुको सेयर कारोबार रोक्का भएको हो ।

आइतबार होटल याक एण्ड यतीमा सम्पन्न कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्जरमा जाने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् ।

हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ५५ करोड रुपैयाँ पूँजी छ । यी दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा स्वाप रेसियो सम्झौता भएमा नयाँ कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

बीमा समितिले बीमा कम्पनीहरुले पूँजी वृद्धि गर्ने नीति ल्याएपछि बीमा कम्पनीहरुले धमाधम मर्जरको लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पूँजी पुर्याउनु पर्न छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स