सूर्या लाईफ र ज्योति लाईफबीच मर्जरमा जाने सम्झौता

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जरमा जाने सम्झौता भएको छ । आइतबार होटल याक एण्ड यतीमा सम्पन्न कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्जरमा जाने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

सम्झौतामा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्द किशोर शर्माले हस्ताक्षर गरेका छन् ।

हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ५५ करोड रुपैयाँ पुँजी छ । यी दुई कम्पनीबीच १ बराबर १ को अनुपातमा स्वाप रेसियो सम्झौता भएमा नयाँ कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बीमा समितिमा निवेदन दिने र बीमा समितिबाट सहमतिपत्र प्राप्त हुना साथ डीडीएलगायत मर्जर सम्बन्धी अन्यकार्यहरु दु्रतगतिमा अगाडि बढाइने जानकारी दिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स