बीमा समितिको परिपत्र, मर्जरपछि ३० प्रतिशत सेयर सर्वसाधारणको अनिवार्य हुनुपर्ने(परिपत्रसहित)

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरु मर्जरपछि ३० प्रतिशत सर्वसाधारण सेयर हुनपर्ने भएको छ । बीमा कम्पनीहरुलाई मर्जर, गाभ्ने, गाभिने वा प्राप्ती गर्नका लागि सेयर स्वामित्व सम्वन्धमा नयाँ प्रावधानको व्यवस्था गरेको हो । मर्जर भएका बीमा कम्पनीहरुको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणको हुनुपर्ने व्यवस्था गरेको छ ।

बीमा समितिले आज सोमबार देशमा सञ्चालित बीमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै यस्तो नयाँ व्यवस्थाअनुसार कम्पनीको सेयर स्वामित्व राख्न निर्देशन दिएको हो ।

अब गाभ्ने, गाभिने वा प्राप्तीका लागि सैद्धान्तिक सहमति जुटेका तथा सहमति लिग्न इच्छुक कम्पनीहरूले कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सर्वसाधारणको सेयर हुनुपर्ने निर्देशन जारी गरेको हो ।

यो प्रावधानका कारण बीमा कम्पनीहरूले मर्जरको घोषणासँगै सैद्धान्तिक सहमति लिइ सकेपछि आफूखुशी मर्जर रद्द गर्न नपाउने व्यवस्था समितिले गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/06/circular-1.pdf”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स