रिलायनस लाइफ इन्स्योरेन्सले ल्यायो ७ लाख तिरेर साढे १७ लाख पाउने बीमा योजना

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमालेख योजना ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ सार्वजनिक गरेको छ । आज मंगलबार एक कार्यक्रम गरेर कम्पनीले सो बीमालेख योजना सार्वजनिक गरेको हो ।

यो बीमालेख योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभूत बीमा शुल्कको २ गुणा र २० वर्षको बीमालेखको आधारभूत बीमाशुल्कको २.५ गुणा प्रतिफल दिने इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

यो बीमालेख योजनामा सहभागी हुनको लागि न्यूनतम २५ हजार बीमा शुल्क तिर्नुपर्ने छ । यदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमा अवधि राखेर वार्षिक एक लाख रुपैयाँ बीमा शुल्क ७ वर्ष तिरेमा साढे १७ लाख जोखिम वहन हुने बताइएको छ ।

उक्त बीमा लेखमा थप १४ हजार ८ सय ४० रुपैयाँ अतिरिक्त शुल्क तिरेमा अतिरिक्त पुरक करार सुविधाहरू दुर्घटना मृतयु पूर्ण स्थायी अशक्तता, बीमाशुल्क छुट र घातक रोगहरू विरुद्धको रक्षवरण पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले ‘मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमा शुल्क भुक्तानी गर्न सक्ने बताए । सीमित समयको लागि बीमाशुल्क भुक्तानी गरी बीमालेख अवधिभर रक्षावरण पाउन सक्नेछन् ।

कम्पनीको पहिलो उद्देश्य उत्कृष्ट योजना र सेवा प्रदान गर्ने हो । सोहि अनुरुप मेरो सुनिश्चित प्रतिफल बीमा योजना नेपाली जीवन बीमा बजारमा अहिलेसम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको छ’, उनले भने ।

यस बीमालेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करा सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा रिलायन्स लाइफका इन्स्योरेन्सका डेपुटी सिईओ निराजन कंडेलले यो बीमालेख अन्यभन्दा पनि सरल र सस्तो भएको दाबी गरे । ‘बीमा गर्न ठूलो रकम चाहिंदैन, यसलाई जीवनको एउटा महत्वपूर्ण आवश्यकताको वस्तु हो भन्ने चाहिं पहिले बुझ्नु पर्छ’, उनले भने, ‘बजारमा एक कप चिया खाँदा हुने खर्चजत्तिकै पैसाबाट बीमा गर्न सकिन्छ ।’

कार्यक्रममा वीमितहरूको आवश्यकतालाई मध्यनजर गर्दै बीमाको प्रडक्ट बारेमा बुझाएर प्रस्तुत गनुपर्ने आवश्यक रहेको बताए । प्रत्येक जीवन बीमाको नयाँ योजना प्रस्तुत गर्नुपूर्व बीमितहरूको आवश्यकता के हो भन्ने कुरा बीमा कम्पनीहरूले बुझ्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स