काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको असार ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल सरकार र बीमा समितिबाट स्वीकृत भई साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।