काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार कम्पनीको १४ प्रतिशत दरका १ करोड ७९ हजार ९५९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।