शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश वितरण नगर्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफा तथा जगेडाबाट हाललाई लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो ।

कम्पनीको ३० प्रतिशत हकप्रद बाँडफाँड तथा सूचीकरण पश्चात चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ हुनेछ । समितिको निर्देशन अनुसार कम्पनीले तोकिएको समयमा न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ ।

कम्पनीले २०७९ चैतभित्र समितिको तोकेको चुक्ता पूँजी पुर्याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिकाको अध्ययन गरी कम्पनीको व्यवसाय अनुकुल आवश्यक चुक्ता पूँजी सम्बन्धी निर्णय गरिने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीले व्यवसायिक रणनीति अनुरुप अन्य कम्पनीसँग गाभ्नेरगाभिने वा प्राप्ति गर्ने वातावरण सृजना भएमा त्यसपश्चात कायम हुने चुक्ता पूँजीको सम्बन्धमा समेत आवश्यक अध्ययन तथा विश्लेषण गरी निर्णय गरिने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स