काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् ।
कम्पनीको जेठ १७ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा रिक्त सिईओ पदमा महर्जनलाई नियुक्त गरेको हो ।
कम्पनीले आज (बुधबार) देखि लागु हुने गरि ४ वर्षका लागि करार सेवामा उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सिईओ रहेका महर्जन छ महिनाको कुलिङ पिरियड छल्न नेपाल इन्स्योरेन्स कम्पनीमा डेपुटी सिईओ बनेका थिए ।