हिमालयन र एभरेष्टको मर्जरका लागि विशेष साधारणसभा असार २ गते, स्वाप रेसियो १००ः८५

मर्जरपछिको नामः ‘हिमालयन एभरेस्ट ईन्स्योरेन्स लिमिटेड’

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले असार २ गते बिहिबार विशेष साधारणसभा आह्वान गरेका हुन् । मर्जर प्रस्ताव पारित गर्न दुवै कम्पनीले विशेष साधारणसभा आह्वान गरेका हुन् ।

हिमालयनको साधारणसभा एयरपोर्ट स्थित एयरपोर्ट होटेलमा हुने छ भने एभरेष्टको साधारणसभा कमलपोखरी स्थित अग्रवाल भवनमा हुने छ ।

दुवै कम्पनीले बैशाख २३ गते एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरमा जाने भएपछि हाद दुवै कम्पनीको सेयर कारोबार रोक्का छ । सेयर कारोबार रोक्का हुनु अगाडीसम्म कायम सेयरधनीले साधारणसभामा भाग लिन पाउने छन् । बीमा समितिले चुक्ता पुँजी वृद्धिको योजना ल्याएपछि २ कम्पनीले मर्जरमा जाने सम्झौता गरेका हुन् ।

मर्जर प्रयोजनको लागि १००ः८५ रुपैयाँको स्वाप तय भएको छ । हिमालयन जनरल इन्स्योरेन्सको १०० कित्ता सेयर बराबर एभरेष्ट इन्स्योरेन्सको ८५ किस्ता सेयर प्रदान गर्ने गरि मर्जर तय भएको छ । गाभ्ने गाभिने प्रयोजनको लागि मूल्यांकनका लागि जे. बि. राजभण्डारी एण्ड डिबिनस्, चार्टड एकाउन्टेण्टस्द्वारा तयार हो ।

बीमा कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार हिमालयन इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ६ करोड ८२ लाख रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको १ अर्ब ९ करोड ५९ लाख रहेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स तथा एभरेष्ट इन्स्योरेन्सको चल/अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा स्वाप रेसियो निर्धारण गरिएको कम्पनीले जनाएको छ । हिमालयन जनरल इन्स्योरेन्स तथा एभरेष्ट इन्स्योरेन्स आपसमा गाभिए पश्चात् बन्ने निर्जिवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘हिमालयन एभरेस्ट ईन्स्योरेन्स लिमिटेड’ रहने तय भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स