हिमालयन रि इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीको संचालक समितिको बैठकले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

सो प्रस्ताव पारित गर्न कम्पनीले जेठ २७ गते शुक्रबार काठमाडौंको ठमेल स्थित अलोफ्ट होटेलमा विशेष साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ । जस मध्ये संस्थापकहरुको ७ अर्ब र सर्वसाधारणको ३ अर्ब रहने छ । अर्थात् कम्पनीले ३ अर्बको आईपीओ निष्काशन गर्ने छ ।

साथै, सो सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र त्यसको लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार दिने इन्स्योरेन्सको विशेष प्रस्ताव छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स