काठमाडौं । बीमा समितिले प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सन्तोष प्रसाईंलाई नियुक्त गर्न स्वीकृति दिएको छ । समितिले आज बिहीबार उक्त इन्स्योरेन्सको सीईओमा प्रसाईँलाई नियुक्त गर्न स्वीकृति दिएको हो ।
कम्पनी संचालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको थियो । चुनावका उनले २० दिनपछि बीमा समितिबाट स्वीकृति पाएका हुन् ।
समितिबाट स्वीकृतिको पत्र पाएपछि अवको ४ वर्षको लागि उनले प्रभु लाइफमा सीईओको कार्यभार सम्हाल्ने छन् । चाटर्ड एकाउन्टेन प्रसाईं यसअघि नेपाल लाइफ इन्स्योरेन्सको सीईओ थिए । उनी करिब ५÷६ वर्षदेखि नै उक्त इन्स्योरेन्समा आवद्ध थिए । त्यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा समेत ७ वर्ष काम गरेका थिए । प्रभुको सीईओमा यसअघि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल रहेका थिए । उनले कार्यकाल नसकिँदै सीईओ पदबाट राजिनामा दिएका थिए ।