शिखर इन्स्योरेन्सलाई पछि पार्दै नेको, कुन कम्पनीले कति गरे व्यवसाय ?

काठमाडौं । देशमा सञ्चालित १८ निर्जीवन बीमा कम्पनीमध्ये तीन वटा निर्जीवन बीमा कम्पनीको व्यवसाय अर्बभन्दा माथि देखिएको छ । नेको, शिखर र सगरमाथा इन्स्योरेन्सको व्यवसाय गत आवमा अर्बभन्दा माथि पुगेको हो ।

नेको इन्स्योरेन्स सबैभन्दा अब्बल देखिएको छ । नेको इन्स्योरेन्सले शिखर इन्स्योरेन्सलाई पछि पार्दै सबैभन्दा बढी व्यवसाय गरेको हो । गएको आर्थिक वर्षमा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ६३ करोड बीमा व्यवसाय गरेको थियो। यही अवधिमा शिखर र सगरमाथा इन्स्योरेन्सले क्रसम १ अर्ब २३ करोड र १ अर्ब २३ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् ।

यी कम्पनी बाहेक अन्य निर्जीवन कम्पनीको व्यवसाय भने अर्बभन्दा माथि रहेको छ । गत आवमा सबैभन्दा कम व्यवसाय गर्ने निर्जीवन कम्पनीमा साानिमा जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम व्यवसाय गरेको छ । जनरल इन्स्योरेन्स र युनाइटेड पनि कम व्यवसाय गर्ने कम्पनीभित्र परेका छन् । कम्पनीहरूले गत आर्थिक वर्षमा क्रमशः १६ करोड, २० करोड र ४३ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका हुन् ।

अन्य कम्पनीको बीमा व्यवसाय भने अर्बभन्दा कम रहेको छ । अर्बभन्दा कम व्यवसाय गर्ने कम्पनीहरूमा राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्सको व्यवसाय ५० करोडभन्दा माथि रहेको छ भने प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स आईएमई, एभरेष्ट, प्रुडेन्सियल, लुम्बिनी जनरल, हिमालयन जनरल, अजोड इन्स्योरेन्सले बीमा व्यवसाय २२ करोडभन्दा माथि रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्सको बीमा शुल्क ९२ करोड रहेको छ भने प्रिमियम इन्स्योरेन्सको बीमा व्यवसाय ७६ करोड, नेपाल इन्स्योरेन्सको व्यवसाय ७१ करोड रुपैयाँ रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको बीमा व्यवसाय ५९ करोड पु्रडेन्सियल इन्स्योरेन्स र आईएमई इन्स्योरेन्सको ५८/५८ करोड, प्रभु इन्स्योरेन्सको ४९ करोड बीमा व्यवसाय रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स