नेपाल पुनर्बीमा कम्पनीले पाएको २० प्रतिशत आरक्षण खोसियो, ५ वर्षमा शुन्यमा झार्न निर्देशन

काठमाडौं । बीमा समितिले नेपाल पुनर्बीमा कम्पनीलाई अनिवार्य रुपमा दिनै पर्ने २० व्यवसाय आरक्षण खोसेको छ । समितिले यो वर्षको लागि कम्पनीले पाउँदै आएको २० प्रतिशत व्यवसाय मध्ये १० प्रतिशत हिमालयन रिलाई दिने निर्णय गरेको हो । सरकारको निर्देशन अनुसार बीमा समितिले बीमा कम्पनीहरूले २० प्रतिशत व्यवसाय अनिवार्य नेपाल पुनर्बीमा कम्पनीमा गर्नुपर्ने व्यवस्था गरेको थियो । निजी क्षेत्रको लगानीमा नयाँ पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स सञ्चालममा आएपछि उसले पाउँदै आएको व्यवसाय बाँडनु परेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत व्यवसाय दुवै कम्पनीलाई यो १०/ १० प्रतिशतका दरले बाँडने निर्णय भएको बताए । ‘१ वर्षपछि प्रत्येक वर्ष २/२ प्रतिशतका दरले व्यवसाय कम गर्दै लगेर ५ वर्ष पछि शुन्यमा झार्ने निर्णय गरिएको हो,’ उनले भने ‘५ वर्षपछि सरकारी र निजी क्षेत्रका दुवै रि– इन्स्योरेन्स कम्पनी कम्पनीले आरक्षण स्वरुप पाउने व्यवसाय पाउँदैनन् । आफैले व्यवसाय गर्नुपर्नेछ ।

बु्धबारको निर्णय अनुसार नेपाल पुनर्बीमा र हिमालयन रिले यो वर्षका लागि आधार आधार अर्थात १०/१० प्रतिशत व्यवसाय पाउनेछन्’ कार्यकारी निर्देशक पौडेलले भने ।अहिले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि गरी दुई वटा पुनर्बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स