नेप्सेमा दुई जीवन बीमा कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई जीवन बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार नेशनल लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

दुई कम्पनीको गरि कुल ८६ लाख ४२ हजार ६८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेशनल लाइफको १९ प्रतिशतको ६४ लाख ४२ हजार ६८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्सको १० प्रतिशतको २२ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स