काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
बुधबार कम्पनीको १० प्रतिशतले हुन आउने २२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।