काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूको मूल्य पुँजी वृद्धि गर्ने योजना अघि सारेपछि बीमा कम्पनीहरूले धमाधम मर्जरमा जाने तयारी थालेका छन् । कम्पनीहरूले एक्लै पुँजी पुर्याउन नसक्ने भएपछि मर्जरमा जाने तयारी थालेका हुन् ।
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएको एक साता नबित्दै प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स पनि एक आपसमा गाभिने सहमति भएको गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले हाम्रोअर्थलाई जानकारी दिए । ‘हामी तीन कम्पनी मर्जरमा जानका लागि सहमति भएको हो,’ उनले भने ।
‘हामी तीन कम्पनी मर्जरमा जानका लागि सहमति भएको हो,’ उनले भने । मर्जरको लागि तीन कम्पनीबीच सहमति भएपनि कुन मोडलमा कसरी जाने भन्ने विषयमा भने कुनै छलफल नभएको प्राइम लाइफ इन्स्योरन्सका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले बताए ।
‘बीमा समिति पुँजी वृद्धि योजना अघि सारेपछि बीमा कम्पनीहरू तत्कालै ५ अर्ब रुपैयाँ जोह गर्न सक्ने अवस्थामा थिएनन् । बीमा समितिले हालै जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो ।